राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २५, २०८०

देशभर मौसममा बदली, बिहिबारसम्म वर्षाको सम्भावना

बुधवार, १५ फागुन २०७५ १०:३०

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको छ। बुधबार बिहानै काठमाडौमा हल्का वर्षा भएकाे छ । देशमा अन्य भेगमा पनि वर्षा भइरहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार आज देशभरको मौसम बदली हुनका साथै मेघगर्जनसहित पानी पर्ने भएको छ। देशका पश्चिमी क्षेत्रमा अहिले पानी परिरेहेको छ। दाङ, नेपालगन्ज, सुर्खेतलगायत पश्चिमका अधिकांश स्थानमा पानी परिरहेको छ।

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकासहित देशका पूर्वी क्षेत्रको मौसम पनि दिउँसोदेखि बदली भई पानी पर्नेछ।

देशका मध्य, पश्चिम र पूर्वी क्षेत्रको मौसम भोलि बेलुकीसम्म बदली रही अधिकांश स्थानमा पानी पर्ने मौसमविद बासीले बताइन्। शुक्रबादेखि मात्रै मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

थप जानकारी