राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

नेता भरतमोहन अधिकारी सिकिस्त

शुक्रवार, १७ फागुन २०७५ १९:१२

काठमाडौं । नेकपाका नेता भरतमोहन अधिकारी सिकिस्त बिरामी भएका छन ।

राजधानीको ह्याप्स अस्पतालमा उपचाररत उनी अचेत भएपछि भ्यान्टिलेटरमा राखिएको सो अस्पतालले जनाएको छ ।

यसअघि पुष अन्तिम सातादेखि अस्वस्थ भएका अधिकारीको शुरुमा मेटिसिटीमा अस्पतालमा भर्ना भएका थिए । तर त्यहाँ स्वास्थ्यमा सुधार नआएपछि ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

अधिकारीको अवस्था गम्भिर भएपछि सिक्किम र दुबईमा रहेका छोरीहरुलाई काठमाडौं झिकाइएको परिवारिक स्रोतले जनाएको छ ।

थप जानकारी