राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

आजदेखि पुन : वर्षा दोहोरिने

शनिवार, १८ फागुन २०७५ ८:१३

काठमाडौँ, फागुन १८ गते । गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव सकिएपछि मौसम सफा रहे पनि आजबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज अर्कौ जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो ।

उहाँका अनुसार आजदेखि फेरि प्रभावित हुनेछ । देशको अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको गतिविधि पुन: दोहोरिने मौसमविद् अर्यालले भन्नुभयो ।

राति देशको पहाडी भू–भागमा आंसिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै भोलि शनिबार देशको पश्चिमी र मध्य भागमा सामान्य बदली रही पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशको पश्चिमी भागमा सामान्य बदली रही मध्य र पूर्वी क्षेत्रका एक– दुई स्थानमा हल्का वर्षाका सम्भावना रहेको छ ।

थप जानकारी