राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

राष्ट्रवादी र हिन्दूवादीलाई भोट किन ? : अधिवक्ता पोखरेल

आइतवार, १० चैत्र २०७५ २१:१९

“नेपाल बार एशोसिएशनमा सबै कानुन व्यवसायीको समान हक अधिकार, आस्थाको कारण कसैलाई विभेद गर्ने अधिकार” भन्दै राप्रपा निकट कानुन व्यवसायी राष्ट्रिय प्रजातान्त्रिक कानुन व्यवसायी संगठनका तर्फबाट नेपाल बार एशोसिएशनको उपाध्यक्ष पदमा भुपेन्द्र पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

पोखरेलले आगामी चैत १६ गते हुन लागेको नेपाल बार एशोसिएशनको निर्वाचनमा प्रदेश ३ बाट उपाध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराएका हुन ।

नेपाल बार एशोसिएशनमा बढ्दै गएको राजनीतिक हस्तक्षेप तोड्दै नितान्त कानुन व्यवसायीहरुको हक हित तथा पेशागत मर्यादाको सबालमा निरन्तर कटिबद्ध रहने गरी मैले सम्पूर्ण अग्रज तथा विद्धान, विदुषी कानुन व्यवसायीज्यूहरु बीच निम्न प्रतिवद्धता जाहेर गर्दै यसैमा केन्द्रित भएर कार्य गर्ने प्रतिबद्धताका साथ ने.वा.ए.को प्रदेश नं. ३ को उपाध्यक्ष पदमा उमेद्धवार दिएको पोखरेलले दाबी गरेका छन् ।

उनको प्रतिबद्धताहरु यसप्रकार रहेको छ ।

१. नेपाल राज्य भरका सम्पूर्ण कानुन व्यवसायीहरुको छाता संगठन ने.वा.ए.हो । यसमा सबै कानुन व्यवसायी समान हुन् । सबैको यस संगठनमा आबद्ध रहने हक अधिकार बराबर छ भन्ने अनुभूति जगाउने कार्य गराउन पहल गर्ने ।

२. नेपाल बार एशोसिएशनको सभा, भेला, गोष्ठी, साधारणसभामा २५ देखि ३० प्रतिशत मात्र कानुन व्यवसायी उपस्थित हुने र कार्यपत्र, कार्यक्रम पास गर्ने कार्यको अन्त्य गरी कम्तिमा बहुमत कानुन व्यवसायीको उपस्थितिमा यस्तो कार्य गर्नुपर्नेमा जोडदार आवाज उठाउने ।

३. विभिन्न बारमा राजनीतिक आस्थाका कारण नयाँ सदस्यता वितरण नगर्ने गरेको कार्यको अन्त्य गरी सबै कानुन व्यवसायीलाई देशभरको कुनैपनि बारको सदस्यता सरल तरिकाले दिने लिने व्यवस्थाको शुरुवात गर्ने ।

४. नेपाल बार एशोसिएशनबाट हुने तालिम, अन्तरक्रिया, सभा, सम्मेलन, गोष्ठीमा सम्पूर्ण कानुन व्यवसायीलाई समान अवसर नदिई, संगठन र आफ्ना व्यक्तिलाई मात्र समावेश गर्ने कार्यको अन्त्य गर्ने गराउने तर्फ पहल गर्नेछु ।

५. सम्पूर्ण कानुन व्यवसायीको हकहित संरक्षण, संवद्र्धन, पेशाप्रति आकर्षण बढाउने तर्फका लक्षित कार्यक्रम महिनैपिच्छे सम्पूर्ण बारमा अभियानका रुपमा गर्नको लागि पहल गरी नबोदित कानुन व्यवसायीलाई कानुन व्यवसायप्रति संलग्न गर्ने गरी लगातार कार्यक्रम गराउनको लागि पहल गर्नेछु ।

६. कुनै पनि राजनीतिक आस्था विचारका आधारमा भन्दा पनि पेशागत मर्यादाका आधारमा नेपाल बारमा उपस्थिति र प्रतिनिधित्व हुनुपर्छ भन्ने जोडदार आवाज उठाउनेछु ।

७. देशभरका कानुन व्यवसायीलाई समेटेर कानुन व्यवसायीको एकताको लागि कानुन व्यवसायी सहकारी कोष स्थापनाका लागि पहल गर्ने र कानुन व्यवसायीहरुको सामुहिक जीवन वीमा गरी प्रिमियम बारबाट भुक्तानी गरिने व्यवस्थातर्फ पहल गर्नेछु ।

८. नव आगन्तुक कानुन व्यवसायीलाई अदालतमा हुने बहस, पैरवीमा हतोत्साही गर्ने कार्य रोकी उनीहरुलाई हौसल्ला प्रदान गर्ने गराउने कार्यको लागी पहल गर्नेछु ।

९. होलीवाईन काण्डले राष्ट्रको हिन्दु धर्ममा प्रहार, डा.सि.के.राउत र सरकारको अस्पष्ट सम्झौताले मुलुकमा श्रृजना गरेको अन्योल तथा अन्य क्षेत्रमा भएको भ्रष्टाचारको विषयलाई लिएर कानुन व्यवसायीमाथि हुने गरेको प्रहार विरुद्ध आवाज उठाउन प्रयत्न गर्नेछु ।

०. नेपाल बारको चुनाव प्रचार, प्रसारका नाममा अत्यधिक खर्च गर्दै जाने, देश दौडाहा प्रवृत्तिको अन्त्य गर्न ने.वा.ए.को विधान समेत संसोधन गरी निर्वाचन प्रक्रियालाई सरल र सहज बनाउने तर्फ उन्मुक्त रहनेछु ।

११. नवोदित कानुन व्यवसायीलाई निश्चित समयसिमा निर्धारण गरी मर्यादित पेशाकर्मी बनाउन शाखा अधिकृत सरहको न्यूनतम वेतनको व्यवस्था गरियोस् भनी नेपाल बार मार्फत नेपाल सरकार समक्ष कानुन निर्माण गर्नको लागि आवश्यक पहल गर्नेछु ।

पोखरेलका साथ राप्रपा निकट कानुन व्यवसायी अधिवक्ता कविता शाह समेतले सदस्य पदमा उमेदवारी दर्ता गराएकी छिन् ।

थप जानकारी