राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

दुई दिन देशैभरि विभिन्न स्थानमा वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

शुक्रवार, २२ चैत्र २०७५ ८:२७

काठमाडौँ । काठमाडौँसहित मुलुकाका विभिन्न स्थानमा शुक्रबार र शनिबार मौसम बदली भई हावाहुरी सहित बर्षको सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।

मुलुकका धेरैजसो ठाउँमा मौसम बदली हुँदा पश्चिम पहाडका केही ठाउँमा (आज) शुक्रबार र मध्य क्षेत्रका केही ठाउँमा र शनिबार हावाहुरीसहित बदली हुने सम्भावना भएको मौसम पुर्वानुमान महासाखाले जनाएकाे भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज देखि मुलुकको पूर्वी क्षेत्रबाट प्रवेश हुने वायुको प्रभावले देशको पूर्वी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही भागमा बदली हुने भएको हो ।

देशको पूर्वी, मध्य र पश्चिमी क्षेत्रका केही भाग मेघ गर्जनसहित वर्षाको सम्भावना छ । त्यसैगरी हिमाली भागमा हल्का हिमपातको पनि सम्भावना रहेकाे महासाखाले जनाएको छ ।

शनिबार पनि देशको अधिकांश भागमा मेघ गर्जनसहित सामान्यदेखि पूर्ण बदली र हिमाली भेगमा हिमपात हुने सम्भावना छ ।

तराईका सीमावर्ती जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

थप जानकारी