राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

माछा मासुको बिक्रीले जनकी मन्दिरको गरिमा घटायो

मङ्गलवार, २६ चैत्र २०७५ १९:०९

जनकपुरधाम । जनकपुरधाम प्रदेश २ को अस्थायी राजधानी मात्रै नभएर प्राचीन मिथिलाको राजधानी पनि हो । सिताको जन्मभुमि भगवान रामको ससुराली र सम्पुर्ण हिन्दुको पुजनस्थल पनि हो । तर जनकपुरमा खुलेअाम हुने गरिएको माछा मासुको बिक्रीले जनकपुरको गरिमालाई घटाएको भन्दै सबत्र आलोचना हुन थालोको छ ।

हिन्दुहरुको धार्मिकस्थल जनकपुरधाममा खुलेआम माछा मासु बिक्रि वितरण र खसि बोका काटिने भएपछि धार्मिक पर्यटकहरु निरास हुन थालेका छन् । साढे तीन दशक अघि सर्वोच्च अदालतले जनकपुरका प्रसिद्ध मठमन्दिर आसपासमा खुलारुपमा मासु र मदिरा बेच्न नहुँने फैसला गरेपनि अझै कार्यान्वयन भएको छैन । अर्को तर्फ जनकपुरमा आउने गरिएको पर्यटकहरुको संख्यामा विस्तारै कमि हुदै गएको छ । जनकपुरलाई धार्मिक पयटनका रुपमा विकास गर्ने हो भने परिक्रमा क्षेत्र भित्र मद्यमासको बिक्री वितरणमा रोक लगाउनुपर्ने आवश्यकता रहेको स्थानीयको भनाइ छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि भारतका मन्त्री र उच्चपदस्थ कर्मचारी लगायत धार्मिक पर्यटक पहिलेको तुलनामा अहिले उल्लेख्य संख्यामा जनकपुरधाम आउन थालेका छन् । जनक र जानकीको पवित्र भूमिमा धार्मिक आस्थाले पर्यटकहरु आउने गरेपनि मन्दिरको छेउकै पसलमा माछामासु काट्ने र पकाउने गरिएकाले पर्यटक खिन्न हुन्छन् । जनकपुरमा आउने पर्यटकहरुको गाडिलाई सके भन्सार छुट दिनुपर्ने नसके उनिहरुलाई जनकपुरमा नै भन्सार कटाउने सुविधा दिनुपर्ने जनकपुर उद्योग वाणिज्य संघको भनाई छ ।

मिथिला नगरीको गरिमा बढाउन र मध्यमा मिथिला परिक्रमा क्षेत्रलाई माछामासु, मदिरा रहित बनाउन साधु, सन्त र आध्यात्मिक व्यक्तिहरुले सचेतनामूलक अभियान थालेका छन् । उनिहरुले २०४९ साल फागुन ७ गते भएको सर्वोच्चको फैसला कार्यान्वयन गराउन माग गरेका छन् । तीनै तहका सरकारले जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरीका रुपमा विकास गर्ने बताउँदै आएपनि अहिलेसम्म व्यवहारमा देखिएको छैन ।

जनक र जानकीको यस पावन क्षेत्र र मध्यमा मिथिला परिक्रमाको शदीयौंदेखिको पवित्रतालाई जोगाई राख्न मठमन्दिरको आसपास माछामासु र मदिरा बेचबिखनमा रोक लगाउन स्थानीयले माग गरेका हुन् । जनकपुरको धार्मिक आस्थाको आधारमा विकास गरिएको खण्डमा मात्रै जनकपुरमा पर्यटकहरुको आवागमनमा वृद्धि हुने स्थानियवासीहरुको भनाइ छ ।

थप जानकारी