राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

राष्ट्रवादको नाराभित्र लुकेको निरंकुश कम्युनिष्ठ सरकार : साँसद रिता माझी

मङ्गलवार, २६ चैत्र २०७५ २०:३६

चैत २६, हेटौंडा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रदेश नं. ३ कि साँसद रिता माझीले प्रदेश सभाको विशेष समयमा बोल्दै शान्तिपूर्ण ढंगबाट राजनीतिक गतिविधि गर्न पाउने संवैधानिक अधिकारको उपयोग गरि धर्नामा प्रशासनबाट अन्धाधुन्ध लाठीचार्ज, अश्रुग्यास प्रहार गरि भएको दमनप्रति ध्यानाकर्षण गराइन ।

सभामा बोल्दै साँसद माझीले खुलेआम देश टुक्र्याउने व्यानर र प्लेकार्ड सहित जुलुस, सभा हुँदा मौनदर्शक बन्ने सरकार राप्रपाले सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहित नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, चर्को मूल्यबृद्धि नियन्त्रण लगायतका २२ बुँदे मागहरू राखी धर्ना बस्ने राष्ट्रवादी नेता, कार्यकर्ता माथि सरकारले गरेको दमनको घोर भत्सर्ना गरिन ।

साँसद माझीले भनिन यो दमनले राष्ट्रवादको नाराभित्र लुकेको निरंकुश कम्युनिष्ठ सरकारको चरित्र उदांगो पारेको बताइन ।

दुई तिहाई सरकारको दम्भको आधारमा राजालाई भ्रमणमा नजान प्रधानमन्त्रीले दिएको अभिब्यक्तिको भत्सर्ना गर्दै र इतिहासका रुपमा रहेको त्रिभुवन पार्कको नाम परिवर्तन नगर्न साँसद माझीले जोड दिईन ।

साँसद माझीले विचाराधिन नागरिकता विधेयकलाई वेवास्ता गरी बंसजको नागरिकता दिन गृहमन्त्रालयको सर्कुलरको विरोध समेत जनाइन ।

थप जानकारी