राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

४ दिनमा ४ करोड कमाई गर्यो नेपाली फिल्म ‘ए मेरा हजुर ३’ले

मङ्गलवार, ३ बैशाख २०७६ २०:४४

काठमाडौँ । फिल्म ‘ए मेरा हजुर ३’ ले नेपाली फिल्म क्षेत्रको व्यापारलाई सुधारिएको छ । फिल्मले राम्रो व्यापार हात पार्न सफल भएको छ । मंगलाबार फिल्मले चार दिनमा कमाएको रिपोट सार्वजनिक गरेको छ ।

वितरकले चार दिनमा फिल्मले चार करोड कमाएको रिर्पोट सार्वजनिक गरेको हो । वितरकको अनुसार शुक्रबार फिल्मले ७५ लाख व्यापार गरेको छ । त्यस्तै शनिवार १ करोड १४ लाख गर्न सफल भएको छ भने आइतबार १ करोड ५० लाख व्यापार गरेको छ ।

फिल्मले हिजो सोमबार ६२ लाखको कारोबार गरेको वितरकले जनाएको छ । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको यो फिल्मलाई दर्शकले एकदमै रुचाइएको छ ।

फिल्म पदर्शन भन्दा अगाडि गीत, ट्रेलर सार्वजनिक भएपछि अनमोल र सुहानाको जोडिलाई दर्शकले निकै रुचाइएको थियो । फिल्म प्रदर्शनमा आएपछि दर्शकहरुले उनीहरुको काम र जोडिलाई अझ बढी मन पराएको छ ।

सुहानाको यो डेब्यू फिल्म हो उनले पहिलो फिल्ममै सबैको अपार मायाँ पाएकी छन् । भने उनले पहिलो पटक अभिनय गरेको भान हुन नदिएको प्रतिकृया आएको छ ।फिल्मलाई झर्ना थापाले निर्देशन गरेकी हुन् भने उनको श्रीमान सुनिल थापाले निर्माण गरेका छन् । फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएको हो ।

यो फिल्मको पहिलो दिन गोपिकृष्ण हलमा सांझाको सोमा निकै भिड थियो । हल भरिभराउ थियो । उक्त क्रेज अनुसार पनि फिल्मले राम्रो कमाइ गर्ने अन्दाज लगाइएको थियो ।

फिल्मले राम्रो कमाइ गरेको कारण फिल्मलाई दर्शकले रुचाउनु ,नयाँ वर्ष र विदाको समय सबै मिलेको देखिन्छ ।

थप जानकारी