राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

प्रदेश–प्रदेशबीच सीमा विवाद

बुधवार, ११ बैशाख २०७६ १४:००

प्रदेश एक सभामा प्रदेश दुई सँगको सिमा विवादबारे कुरा उठेको छ । प्रदेश–प्रदेशबीचको सीमा विवादको विषयमा प्रदेश एक सभामा उठेको यो विषय पहिलो हो ।

उदयपुरका सांसद नारायण बुर्जा मगरले बुधबार बसेको संसदमा शून्य समय लिएर बोल्दै उदयपुर त्रियुगा र कटारी नगरपालिकाको चुरे भू–भागलाई प्रदेश दुइले आफ्नो भएको दाबी गर्ने बताउनु भयोे । उक्त भु–भागका सर्वसाधारणको नागरिकता, लालपूर्जा लगायतका कागजात उदयपुरबाटै दिइएको दाबी गर्दै मगरले सो भूभाग २ नम्बर प्रदेशले दाबी गर्न नसक्ने बताउनु भयो ।
उहाँले उक्त भू–भागमा यातायातको असुविधा हुँदा जनता मारमा परेको भन्दै आवश्यक बजेट विनियोजन गरेर सेवा प्रवाह चुस्त बनाउनु पर्ने पनि माग गर्नुभयो । सो क्षेत्र २ नम्बर प्रदेशको सिरहा र सप्तरीसँग जोडिएको उदयपुरको भूभाग हो ।

संसदको आज बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेकपाका सांसद उत्तमकुमार बस्नेतले १ नम्बर प्रदेशका लोपोन्मुख जातिहरु जातीय विभेदमा परेको भन्दै उनीहरुको संरक्षण गर्न माग गर्नुभयो । विशेषगरी सोलुखुम्बुका कुलुङ जाति, भोजपुरका साम्पाङलगायतका जातिहरु बढी विभेदमा परेको उहाँको गुनासो थियो ।

थप जानकारी