राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

नेकपा गण्डकी प्रदेशले पालिका संयन्त्र विघटन

बुधवार, ११ बैशाख २०७६ १४:१३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशले पालिका संयन्त्र विघटन गरेको छ ।

नेकपा गण्डकी प्रदेशको पोखरामा बसेको बैठकले गण्डकी प्रदेशका एघारै जिल्लाका पालिका संयन्त्र विघटन गर्ने निर्णय गरेको हो ।

बैठकले नगरपालिका, गाउँपालिका र वडा संयन्त्रहरु विघटन गरेको नेकपा गण्डकी प्रदेश सचिव गोविन्दबहादुर नेपालीले जानकारी दिनुभयो । त्यस्तै पालिका संयन्त्रले हालसम्म गरेका निर्णयहरुको स्वामित्व प्रदेश कमिटीले लिने निर्णय गरेको छ ।

बैठकले पाटी संयन्त्र गठन नभएका पालिकाहरुमा जिल्ला कमिटीले सम्बन्धित पालिका र वडाहरुलाई परिचालित गरी कमिटी गठन गरेर अनुमोदनका लागि प्रदेश कमिटीमा पठाउन निर्देशनपनि दिएको सचिव नेपालीले जानकारी दिनुभयो ।

बैठकले बागलुङ, पर्वत, म्याग्दी, मनाङ, मुस्ताङ, लमजुङ र तनहुँका पालिकाहरुमा तत्काल कमिटी बनाउने, तनहुँको व्यास नगर कमिटीमा सम्बन्धित नगरपालिकाका पार्टी वडा अध्यक्षहरुलाई समावेश गर्ने तथा अन्य थप्नुपर्ने भए बरिष्ठता र जेष्ठताको आधारमा संख्या थप्न पार्टीको तनहुँ जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

थप जानकारी