राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

युनाइटेडको घरेलु मैदानमा सिटी विजयी

बिहिवार, १२ बैशाख २०७६ ७:३५

म्यानचेस्टर डर्वीमा सिटीले युनाइटेडलाई हराएपछि इंग्लिस प्रिमियर लिगको उपाधि होड निकै रोमाञ्चक मोडमा पुगेको छ । गएराति भएको खेलमा सिटीले युनाइटेडलाई दुई शुन्यले हरायो ।

युनाइटेडको घरेलु मैदान वल्र्ड ट्राफोर्डमा भएको खेलमा सिटीको जितले लिभरपुललाई बाँकि सबै खेल जित्नै पर्ने दबाव बढेको छ भने सिटीलाई पनि राहत भएको छ । लिगमा बाँकि तीन खेल बाकि हुँदा उपाधि कसले जित्छ भन्ने उत्सुक्ता झन बढेको छ ।

ओले गुनरको टिम युनाइटेडले घरेलु मैदानमा सिटीलाई पहिलो हाफमा गोलरहित बराबरी बराबरीमा राखेको थियो ।

तर दोस्रो हाफमा सिटीले उत्कृष्ट फुटबल खेल्न सफल भयो । खेलको ५४ औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गर्दै टिमलाई एक शुन्यको अग्रता दिलाए । यो सिजन उनको यो आठौं गोल हो । त्यसपछि ६६ औं मिनेटमा लरोइ सानेले सिटीको अग्रता दुई शुन्यमा पुर्यायो ।

एभर्टन विरुद्ध चार शुन्यको हार ब्यहोरेपछि खलबलिएको युनाइटेड सिटी विरुद्ध पनि खासै राम्रोसँग जम्न सकेन । जसका कारण उसले अन्तिमसम्म पनि गोल गर्न सकेन र घरेलु मैदानमा हार ब्यहोर्यो । यसका साथै यसले लिगमा लगातार दुई खेलमा हार ब्यहोर्यो । जितपछि सिटीले ३५ खेलमा ८९ अंक बनाएको छ भने लिभरपुलको समान खेलबाट ८८ अंक छ ।

थप जानकारी