राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर १९, २०७९

राजेश हमाल पहिलो पटक आफ्नी श्रीमतीसँग म्यूजिक भिडियोमा नाचे

बिहिवार, १२ बैशाख २०७६ २०:४१

काठमाडौँ । महानायकका रुपमा परिचित अभिनेता राजेश हमाल पहिलो पटक आफ्नी श्रीमती मधु भट्टराईसँग म्युजिक भिडियोमा देखिएका छन् ।

गायक सुनिल सिंह ठकुरीको आवाजमा रहेको ‘जिन्दगी’बोलको गीतमा हमाल दम्पत्ती नाचेका हुन् ।

हिरादेबी श्रेष्ठले शब्द सिर्जना गरेको गीतलाई उत्सव दाहालले छायांकन गरेका छन् ।

अभिनेता हमाल र श्रीमती भट्टराईको उत्कृष्ट अभिनय रहेको गीतलाई दशरथा सुनारले निर्देशन गरेका हुन् भने बिकास दाहालले सम्पादन गरेका छन् । यो गीतले अहिले युट्टूबमा चर्चा पाइरहेको छ ।

थप जानकारी