राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

बार्सिलोना युरोपकै ‘उत्कष्ट’ क्लब

शुक्रवार, १३ बैशाख २०७६ १२:२४

स्पेनिस पावर हाउस बार्सिलोना युरोपकै टप क्लब बनेको छ । चर्चित खेल संस्था ‘इएसपिएन’ ले भर्खरै सार्वजनिक गरेको युरोपको टप पाँच लिग खेल्ने क्लबको पावर ¥याङकिङमा बार्सिलोना पहिलो नम्बरमा आएको हो ।

इएसपिएनले ¥याङकिङका लागि क्लबको प्रदर्शन, नतिजा र उपाधिलाई आधार मानेको छ । जसका लागि अनलाइन र फुटबल विज्ञहरूबाट मत लिइएको थियो ।

पहिलो नम्बरमा परेको बार्सिलोना अहिले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । पछिल्ला सबै खाले २२ खेलमा अपराजित बार्सिलोना लगातार दोस्रो सिजन स्पेनिस ला लिगा जित्ने क्रममा छ ।

बार्सिलोनापछि दोस्रो नम्बरमा इङ्लिस टोली लिभरपुल छ । लिभरपुल पनि अहिले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल लिगको दोस्रो स्थानमा छ ।

तेस्रो नम्बरमा इङ्लिस टोली टोट्टनहाम रहेको छ । चौथोमा डच टोली आयाक्स छ । आयक्स युभेन्टसलाई हराएर च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको थियो ।

यसैगरी पाँचौं स्थानमा च्याम्पियन्स लिगबाट बाहिरिएको म्यानचेस्टर सिटी छ । सिटी अहिले प्रिमियर लिगको शीर्ष स्थानमा छ । छैटौंमा च्याम्पियन्स लिगबाट बाहिरिएको युभेन्टस छ । युभेन्टसले पाँच खेलअघिनै इटालियन सिरी ‘ए’ लिग जितिसकेको छ ।

शीर्ष १० मा रहनेमा अन्यमा जर्मन क्लब बार्यन म्युनिख, फ्रेन्च क्लब पिएसजी, स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र जर्मन क्लब बोरुसिया डर्टमन्ड छन् ।

थप जानकारी