काठमाडौं, ३१ बैशाख । काठमाडौंको दरबार मार्गमा सञ्चालनमा रहेको किंग्स लाउन्जमा राजा ज्ञानेन्द्र शाहले परिवार सहित ३ घण्टा बिताउनु भएको छ ।
गत शुक्रबार राजा ज्ञानेन्द्र शाहले राज परिवारका सदस्य तथा आफन्तासँग ह्याप्पी फ्राइडे मनाउनु भएको किंग्स लाउन्जले आज एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।
रानी कोमल शाह, युवराज्ञी हिमानी शाह लगायतका साथमा राजा ज्ञानेन्द्र किंग्स लाउञ्ज पुग्नु भएको थियो । झण्डै ४० जना आफन्तको साथमा किंग्स लाउन्ज पुग्नु भएका राजाले पूरै तीन घण्टा समय बिताउनु भएको थियो ।
सुट पाइन्ट लगाएर औपचारिक शैलीमा किंग्स लाउन्ज पुग्नु भएका राजा ज्ञानेन्द्र हर्षित मुद्रामा देखिनु भएको थियो । साँझ झण्डै साढे ७ बजे सुरक्षाकर्मीको बाक्लो उपस्थितिकाबीच दरबारमार्ग पुग्नु भएका राजा ज्ञानेन्द्रले लाइभ म्युजिकको साथमा स्वादिष्ट भोजनको मज्जा लिनु भएको किंग्स लाउन्जले जनाएको छ ।
सहभागी सबैले किंग्स लाउन्जमा उपलब्ध विभिन्न प्रकारका स्वादिष्ट खानाको स्वाद लिँदै गर्दा राजा ज्ञानेन्द्रले खानाको प्रंशसा गर्दै सञ्चालकहरुलाई धन्यवाद दिनु भएको थियो । लाउञ्जले मिलाएको सुरक्षा प्रबन्धको राजा ज्ञानेन्द्रले तारिफ गर्नुभएको थियो ।
सो अवसरमा राजा ज्ञानेन्द्र शाह र उहाँका परिवारका सदस्यहरुले लाउन्जमा उपस्थित फ्यानहरुसित फोटोसमेत खिचाउनु भएको थियो । शाहलाई किंग्स लाउन्ज सञ्चालक तथा व्यवस्थापनका साथै सर्वसाधारणहरुले भव्य स्वागत तथा सम्मान प्रदान गरेका थिए ।
राजपरिवारका तर्फबाट पहिले नै रेस्टुरेन्ट बुकिङ गरिएको थियो । राजा सहभागी उक्त दिन लाउन्जमा किंग्स ब्याण्डका राकेश खालिङ, अन्जली राई लगायतले विभिन्न मौलिक नेपाली गीत संगितहरु प्रस्तुत गरेका थिए ।
दरबारमार्गमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउनज सुरक्षितका साथै पारिवारिक वातारणमा संचालनमा रहेकाले दिनहुँ जसो हाई प्रोफाइल सेलिब्रेटीहरु समेत संगितका साथै स्वादिष्ट भोजनको आनन्द लिन पुग्ने गरेका छन् ।
