राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

मेस्सीलाई छैटौं पटक गोल्डेन बुट

शनिवार, ११ जेठ २०७६ ७:३३

काठमाडौं । बार्सिलोनाका कप्तान तथा फरवार्ड लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक गोल्डेन बुट जि छन् ।

मेस्सीले पिएसजीका फरवार्ड केलियन एमबाप्पेलाई ३ गोलले पछि पार्दै कीर्तिमानी पटक गोल्डेन बुट जितेका हुन् ।

सन् २०१८-१९ को सिजन युरोपका मुख्य लिगमा सर्वाधिक गोलकर्ता बन्दै अर्जेन्टिनाका मेस्सीले गोल्डेन बुटमा छैटौं पटक कब्जा जमाएका हुन् । मेस्सी छ पटक गोल्डेन बुट जित्ने एक्लो खेलाडी हुन् ।

मेस्सी सबैभन्दा बढी गोल्डेन बुट जित्ने खेलाडी हुन् । मेस्सीपछि पोर्चुगिज तथा युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले चार पटक गोल्डेन बुट जितेका छन् । रोनाल्डोले पछिल्लो पटक सन् २०१५-१६ को सिजन गोल्डेन बुट जितेका थिए ।

मेस्सीले यो सिजन स्पेनको घरेलु लिग ला लिगामा कूल ३६ गोल गरे । गोल्डेन बुटका लागि मेस्सीसँग प्रतिस्पर्धामा रहेका एमबाप्पेले लिग भर ३३ गाेल गरेका छन् ।

मेस्सीले यसअघि सन् २०१०, २०१२, २०१३, २०१७ र २०१८ गरी ५ पटक गोल्डेन बुट जितेका थिए ।

थप जानकारी