राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

नीति तथा कार्यक्रम आत्मप्रशसां, महत्वकांक्षी र कर्मकाण्डी मात्र: साँसद माझी

शुक्रवार, १७ जेठ २०७६ १२:०३

हेटौंडा, प्रदेश नं. ३ लाई सबल, समृद्ध प्रदेश बनाउनको लागि दुई तिहाई बहुमतको प्रदेश सरकारले ल्याएको दोश्रो बर्षको नीति तथा कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि साँसद रिता माझीले जनतामा आशा र विश्वास  सिर्जना गर्न सक्ने कुनै आधार नभएको भन्दै नीति तथा कार्यक्रमको आलोचना गरेकी छिन् ।

साँसद माझीले भनिन् पहिलो बर्षमा पारित गरेका तर कार्यान्वयन गर्न असफल भएका कार्यक्रमहरुको कुनै पनि समिक्षा नगरि ल्याएको नीति तथा कार्यक्रम आत्मप्रशसां, उग्र महत्वकांक्षी, परम्पराको निर्वाह र कर्मकाण्डीको रुपमा मात्र रहेको जिकिर गरिन् ।

प्रदेशको नीति तथा कार्यक्रममा स्थानीय सरकारले गर्नु पर्ने कार्यक्रमहरु प्रदेश सरकारले ल्याएको भन्दै प्रदेश सरकारले गर्ने कार्यक्रम माथि नै प्रश्न खडा भएको साँसद माझीले बताइन ।

साँसद माझीले नीति तथा कार्यक्रममा बेरोजगारी समस्या समाधानमा दिशाहिन रहेको, भ्रष्टाचार नियन्त्रण र सुशासन बारे भरपर्दो प्रतिवद्धता नभएको, गरिवि न्यूनिकरणको आशातित कार्यक्रम नभएको, सवै धर्म, संस्कृति, भाषा र आदिवासि जनजातिको पहिचानहरु संरक्षण र प्रवद्र्धनमा कुनै ठोस कार्यक्रम नभएको, दलित, उत्पीडित, एकल महिलाहरुको समस्या समाधानको कुनै ठोस कार्यक्रम नभएको, आर्थिक रुपमा विपन्न समुदायको आर्थिक सुधार ल्याउने कार्यक्रम नभएको, प्रदेशलाई समृद्ध बनाउने ठूलो हिस्साको रुपमा रहेको उर्जा, पर्यटन क्षेत्रलाई कार्यक्रममा उचित व्यवस्था बनाउन नसकेको समेत आरोप लगाईन । नीति तथा कार्यक्रम प्रदेश सभाले आज पारित गर्दैछ ।

थप जानकारी