राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

सामूहिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्छ : मन्त्री अर्याल

शनिवार, १८ जेठ २०७६ १९:५२

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सामूहिक खेतीमार्फत कृषि उत्पादन वृद्धि गर्नुपर्ने बताएकी छन् ।

राष्ट्रिय सहकारी विकास बोर्डद्वारा आज यहाँ आयोजित राष्ट्रिय सहकारी नीति, २०६९ पुनरावलोकन प्रदेश नं १ स्तरीय गोष्ठीको उद्घाटन गर्दै उनले छिमेकीसँग मिली एकजुट भई सहकारी मोडलमा खेतीगरी कृषि उत्पादनमा आत्मनिर्भर भई आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिइन् ।

मन्त्री अर्यालले सहकारीमा विदेशी सहयोग ल्याउन मुख्यरुपमा आधुनिक प्रविधिको प्रयोग, शीप आर्जन र किसानको उत्पादनको बजारीकरण गर्नुपर्ने औँल्याइन् ।

सहकारीमार्फत घरेलुदेखि ठूलो परियोजना सञ्चालन गरी जनतामा रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले आगामी पाँच वर्षभित्र ५० प्रतिशत सहकारी सरकारी एकीकरण गर्नुपर्ने बताइन् ।

बोर्डका सहअध्यक्ष दक्ष पौडेलले वर्तमान अवस्थामा खेतीयोग्य जमीनको ३३ प्रतिशत मात्र भूमि खेतीमा उपभोग भइरहेको आगामी पाँच वर्षभित्र ५० प्रतिशत र त्यसपछि शतप्रतिशत पु¥याउने लक्ष्यले सरकारीले कार्य गरिरहेको बताउँदै सरकारको विकास र समृद्धको सपना सरकारीले मात्र पूरा गर्ने बताए । (रासस)

थप जानकारी