राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

कुर्सीबाट लडेपछि ज्यान जोगाइ पाऊँ भन्दै सांसदको सभामुखलाई गुहार

सोमवार, २० जेठ २०७६ ७:४१

काठमाडौं । सत्तारुढ दलका सांसद खगराज अधिकारीले आइतबार प्रतिनिधिसभा बैठकमा आफू चार पटक लडेको भन्दै ज्यान जोगाइन दिन सरकारको ध्यानाकर्षण गराउनु भएकाे छ ।

बैठकमा उहाँले आफ्नो भाँचिएको कुर्ची उठाएर सभामुख कृष्णबहादुर महरालाई देखाउँदै पटकपटक लडिसकेको र दुर्घटना चाहिँ नभएको भन्दै बचाइदिन ध्यानकार्षण गराउनुभएकाे हाे।

सांसद अधिकारीले बिग्रिएको कुर्चीको भाग उठाएर सभामुखलाई देखाउँदै भने, ‘अहिलेसम्म दुर्घटना भएको छैन, बाँचिएको छ। कति पटक भन्नुपर्ने हो कुर्ची मर्मत गर्नुपर्‍यो ? सभामुख महोदय, ज्यान जोगाइ पाउँ।’

अधिकारीले संसदबाट त्यस्ता कुर्सी हटाउन माग पनि गर्नुभयाे। ‘आगामी दिनमा यस्तो कुर्सी नराखियोस्’,

थप जानकारी