राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

मन्त्री लालबाबु पण्डितको पुत्ला जलाइयो

बुधवार, २२ जेठ २०७६ १३:२४

जनकपुर । प्रदेश नम्बर २ को सत्तारुढ दल राजपा नेपाल समर्थित युवाहरुको समुहले मंगलबार सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला दहन गरेका छन् ।

लोकसेवा आयोग नेपालले निकालेको कर्मचारीको विज्ञापन समावेशी समानुपातिक नभएको भन्दै युवाहरूको एक समूहले पुत्लादहन गरेका हुन् ।

मङ्गलबार जनकपुरस्थित भानु चोकमा सडक जाम गर्दै जनकपुर युथ एक्सन फोर्स तथा लायन्स युथ क्लबले नाराबाजी गर्दै संयुक्तरुपमा मन्त्री पण्डित र अध्यक्ष मैनालीको पुत्ला दहन गरेका थिए ।

पुत्लादहनको क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा युवा र प्रहरीबीच पुत्ला खोसाखोस समेत भएको थियो ।

युवाहरुले करिब २० मिनेट सम्म सडक जाम समेत गरेका थिए ।

थप जानकारी