राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

‘मिस्टर एन्ड मिस नेपाल एसइइ’ को उपाधि अंकित सुवेदी र पायल गुरुङलाई

शुक्रवार, २४ जेठ २०७६ ८:३६

काठमाडौमा आयोजना भएको ‘मिस्टर एन्ड मिस नेपाल एसइइ’ को उपाधि अंकित सुवेदी र पायल गुरुङले जितेका छन् ।

एउटै मञ्चमा ‘मिस्टर एन्ड मिस नेपाल एसइइ’ आयोजना भएको थियो । ’मिस नेपाल एसइइ’ को उपाधि जितेकी पायल गुरुङले प्लस टुकोलागि छात्रवृति ३० हजार नगद र ट्रफी साथै मिस फ्यासन आइकन अवार्ड प्राप्त गरेकी छिन् । यस्तै, यो प्रतियोगीतामा फस्ट रनरअप दिया राई बनिन् उनले मिस फ्रेन्डसीप सहित तीन उपविधा हात पारिन् र सेकेन्ड रनरअप आकृति सदाशंकरले मिस फोटोजेनिक उपाधि जित्न सफल भइन्।

त्यसैगरि ‘मिस्टर नेपाल एसइइ’को उपाधिसँगै अंकित सुवेदीले पनि प्लस टुकोलागि छात्रवृति, ३० हजार नगद पुरस्कार र ट्रफी समेत प्राप्त गरेका छन् ।

विजेता अंकतिले भने–‘यो मेरो लागि निकै नै खुशीको क्षण हो । यो उपाधिले मेरो करिअरलाई आगामी दिनमा निकै नै फाइदा हुनेछ ।’ उनले मिस्टर भ्युअर्स चोइस अवाई पनि हात पारेका थिए।यस्तै, ‘मिस्टर नेपाल एसइइ’ को फस्ट रनरअप संजिव घिमिरे र सेकेन्ड रनरअप अवेश उराव भएका छन् ।

एसइइ दिएर बसेका किशोर–किशोरीको क्षमता अभिवृद्धि गर्न यो प्रतियोगीता आयोजना गरिएको र एक महिनासम्म व्यक्तित्व विकास र आत्मविश्वास बढाउन विभिन्न कक्षा सन्चालन गराइएको कुरा अभ्यानी प्रोडक्सनका सिइओ अभिविन्द खनियाले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि पुर्व वाणिज्य तथा आपुर्तिमन्त्री जयन्त चन्द थिए भने मुख्य निर्णायकको भुमिकामा काठमाडौ महानगरपालिकाका पुर्व मेयर राजाराम श्रेष्ठ थिए।

थप जानकारी