राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गरिने

शनिवार, २५ जेठ २०७६ १३:१६

पोखरा, जेठ २५ गते । गण्डकी प्रदेश सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानीका रुपमा विकास गर्ने भएको छ ।

गण्डकी प्रदेश सरकारको शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख बाबुराम कुँवरले गण्डकी प्रदेशलाई पर्यटनको केन्द्र र पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा पर्यटकीय गन्तव्यको छवि स्थापित गर्ने बताउनुभयो ।

जीविकोपार्जन र रोजगारीका अवसरमा वृद्धि गर्न पर्यापर्यटन, माइस पर्यटन, जल पर्यटन, कृषि पर्यटन, खेल पर्यटन, शैक्षिक पर्यटन, धार्मिक पर्यटन र ग्रामीण पर्यटनजस्ता पर्यटन व्यवसायको विविधकरण र विस्तारमा जोड दिने सरकारको लक्ष्य छ ।

थप जानकारी