राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

पोर्चुगलले जित्यो उपाधि, रोनाल्डोको कप्तानीमा तीन वर्षमा दोस्रो ट्रफी

सोमवार, २७ जेठ २०७६ ८:४२

पोर्चुगलले नेशन्स लिग फुटबलको उपाधि जितेको छ । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले पहिलोपटक आयोजना गरेको प्रतिस्पर्धाको उपाधि क्रिष्टियानो रोनाल्डोसहितको टिम पोर्चुगलले जितेको हो ।

घरेलु मैदानमा पोर्टोमा आइतबार राति भएको खेलमा पोर्चुगलले नेदरल्याण्डसलाई १-० ले हराउँदै उपाधि जितेको हो । रोनाल्डो कप्तानीको पोर्चुगलले तीन वर्षमा दोस्रो उपाधि जितेको हो । सन् २०१६ मा उसले युरोकप फुटबलको उपाधि जितेको थियो फ्रान्सलाई पराजित गरेर ।

नेशन्स लिगको फाइनलमा पोर्चुगलका लागि दोस्रो हाफमा गोन्कालो गुएडेसले गरेको गोल नै निर्णायक बन्यो । गुएडेसले ६० औँ मिनेटमा गोल गरेका हुन् । डच टिमका लागि मेम्फिस डिपेयीले गोल गर्ने राम्रो प्रयास गरेका थिए । तर पोर्चुगलका गोलरक्षक रुई प्याट्रिसिओले सुन्दर बचाउ गरे ।

थप जानकारी