राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

गुठीको हजारौं रोपनी‘जग्गा हडप्न’ विधेयक

मङ्गलवार, २८ जेठ २०७६ ८:४०

सरकारले गुठीको हजारौं रोपनी जग्गा भूमाफियाले लिन मिल्ने प्रावधान राखेर ल्याइएको गुठी विधेयकविरुद्ध सदन र सडकमा चर्को विरोध भएको छ ।

गुठी सञ्चालन र बन्दोबस्तीको नाउँमा विधेयकले प्राधिकरणको परिकल्पना गरी गुठी रकमी, पुजारी, महन्त, गुठियारहरुको अस्तित्व नै समाप्त गर्न खोजेको भन्दै विरोध सुरु भएको हो ।

‘गुठीको जग्गा, धर्म, संस्कृति र अन्य परोकारको कामलाई धराशयी पार्ने गरी सरकारले विधेयक ल्याएको छ ।

विधेयकलाई स्थगन सबै एकजुट भएर अघि बढ्नुपर्दछ’ सोमबार राजधानीमा आयोजित विरोधसभामा बोल्दै प्रा.डा केदारभक्त माथेमाले भने । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् ।

थप जानकारी