राष्ट्र हितमा समर्पित
BMP Infology
मङ्गलवार, मंसिर ३, २०७६

काठमाडौंको थलीमा ठेकेदारलाई कारबाही गर्न माग गर्दै प्रदर्शन

मङ्गलवार, २८ जेठ २०७६ ११:०३

काठमाडौं । २८ जेठ, काठमाडौंको थलीका युवाहरुले  बाटो निर्माणमा ढिलाई गरेको भन्दै ठेकेदारलाई कारबाहीको माग गरेका छन् ।

सडक निर्माणमा ढिलाई गरेको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयले समयमै सडक निर्माण गर्न माग गरेका हुन् । प्रदर्शनका कारण उक्त क्षेत्रमा केहि समय सवारी आवागमन ठप्प भएको थियो ।

स्थानीय सरकारको उदासीनताका कारण सडक निर्माणले गति नलिएको भन्दै प्रदर्शनकारीले नारी समेत लगाएका थिए ।

थली क्षेत्रको सडक लामो समयदेखि रुग्ण भए पनि यसको स्तरोन्नतिको काम पूरा भएको छैन ।

यो भन्दा अगाडि चाबहिल–जोरपाटी सडक खण्डमा स्थानीयले पिच गर्न माग गर्दै आन्दोलन गरेपछि सडक पिच हुने काम धमाधम भएको थियो ।

थप जानकारी