राष्ट्र हितमा समर्पित
बिहिवार, चैत्र १५, २०८०

सार्वजनिक यातायातको भाडा बढ्यो

बिहिवार, ३० जेठ २०७६ १६:४९

३० जेठ, काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।

असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए ।

प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको उनले बताए ।

सरकारले बसभाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि गरेको हो।

थप जानकारी