राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

जेसिसकप फुटसल प्रतियोगिता सम्पन्न

शनिवार, ३२ जेठ २०७६ २२:१९

काठमाण्डौ । सीतापाइला जेसिसद्धारा आयोजित नागार्जुन नगरपालिका वडा नं ५ वडा स्तरीय फुटसल प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।

राजधानीको बाफलमा रहेको युनाइटेड फुटसलमा सम्पन्न उक्त प्रतियोगितामा वडा नं ५ भित्रका ६ वटा टीमले भाग लिएका थिए ।

नागार्जुन नगरपालिका वडा नं ५को प्रायोजनमा सम्पन्न उक्त प्रतियोगितामा आयोजक जेसिस टीम प्रथम भएको थियो । प्रतियोगितामा प्रथम तथा दोस्रो हुने टीमलाई नगद तथा मेडलबाट सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सीतापाइला जेसिसका पुर्व अध्यक्ष एवम् राप्रपाका नेता प्रकाश रिमालले युवाहरुलाई सकारात्मक भुमिका निर्वाह गर्नमा जेसिसले खेल्दै आएको भुमिकाको प्रशंशा गदै खेल मार्फत नागार्जुन नगरपालिकाका युवा वर्गलाई एकताको सुत्रमा बाध्न सफल भएकोमा बधाई दिएका थिए ।

बिशेष अतिथि नागार्जुन नगरपालिका वडा नं ५का वडा अध्यक्ष महेश रिमालले खेलकुदले युवाहरुलाई जागरुक गराउने भएकोले हरेक वर्ष वडा कार्यालयले खेलकुदको क्षेत्रमा सहयोग गदै आएको बताए ।

कार्यक्रममा सीतापाइला जेसिसका वर्ष २०१९का अध्यक्ष प्रदिप आचार्य,कार्यक्रमका संयोजक तथा निवर्तमान अध्यक्ष रुपेश रिमालले फुटसल प्रतियोगिताको बारेमा प्रकाश पारेका थिए ।

साथै कार्यक्रममा सीतापाइला जेसिसका पुर्व अध्यक्षहरु, जेसिसका पदाधिकारी तथा सदस्यहरुको पनि उपस्थिती रहेको थियो ।

थप जानकारी