राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

कांग्रेस र कम्युनिष्टबाट जनताले बारम्बार धोका खाए: कमल थापा

बुधवार, ४ आषाढ २०७६ १७:२७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) का अध्यक्ष कमल थापाले जनताले कांग्रेस र कम्युनिष्टबाट बारम्बार धोका खाएको बताउनु भएको छ ।

बुधबार राप्रपा संयुक्तका २ दर्जन नेता कार्यकर्तालाइ राप्रपामा प्रबेश गराउदै अध्यक्ष थापाले देशलाई आमूल परिवर्तन गराउन र नयाँ नेपाल बनाउने भन्दै कांग्रेस र कम्युनिस्टको आव्हानलाई जनताले स्विकार गरेपनि उनिहरुबाट धोका पाएको बताउनु भएको हो ।

अध्यक्ष थापाले देशको भलो हुन्छ भने राजसंस्था र हिन्दु राष्ट्र हटाएर जनताले दिएको साथलाई दुई तिहाइ बहुमत सरकारकालागि बाँदरको हातमा नरिवल भएको आरोप लगाउनुभयो । उहाँले राज्य सत्ता र श्रोतमा कब्जा गरेर शासन गर्ने सर्वसत्तावादी सोचबाट सरकार अघि बढ्द गरेको आरोप लगाउदै प्रमुख प्रतिपक्ष कांग्रेस किंकर्तव्यविमुढ र दिशाहिन बन्दै गएको बताउनुभयो ।

राप्रपा अध्यक्ष थापाले कांग्रेस र कम्युनिस्टको विकल्प कोही बन्न सक्छ भने त्यो राप्रपा मात्रै भएको बताउदै राप्रपा संयुक्तलाई कुनै आग्रह पूर्वाग्रह नराखी एकता महाधिवेशनको म्याण्डेटलाइ आधार मानेर एकताबद्ध हुन आव्हान गर्नुभयो ।

पाकिस्तानमा परम्परा देखि रहेका पुराना पार्टीहरु पाखा लागेर नयाँ शक्तिको उदय भएको स्मरण गराउदै थापाले भारतमा हामी जस्तै मान्यता राख्ने बिजेपीको बहुमतको सरकार बनेकाले नेपालमा पनि त्यो सम्भावना रहेको बताउनुभयो ।

गुठी विधेयक फिर्ता लिने निर्णय सकारात्मक भएपनि प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवार रहेको तर्क गर्नुभयो । उहाँले देशमा अस्थिरता र अराजकता कायम होस् भन्ने आफुहरुको चाहना नभएकाले दुई तिहाइको दम्भ नदेखाउन सरकारलाई आग्रह समेत गर्नुभयो ।

थप जानकारी