राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

राप्रपाको विस्तारीत बैठक आजदेखि बस्दै

शुक्रवार, ६ आषाढ २०७६ ११:२०

काठमाडौं । असार ६:  संवैधानीक राज संस्था र सनातन हिन्दु राष्ट्रको माग गर्दै आएको कमल थापा नेतृत्वको राप्रपाको आज शुक्रबार देखि पार्टीको केन्द्रीय समितिको विस्तारीत बैठक बस्ने भएको छ ।

बिहान ११ बजेदेखि नयाँ बानेश्वरको अर्पण व्याङ्केटमा बस्ने बैठकमा समसामयिक राजनीतिक समिक्षा र भावी रणनीति तय गरिने प्रचार विभाग प्रमुख एवम् युवा नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् । प्रचार विभाग प्रमुख श्रेष्ठका अनुसार अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने सरकार समक्ष राखेको २२ बुँदे मागका विषयमा पनि छलफल हुने भएको छ ।

सरकारसँग भएको पहिलो चरणको वार्ता, दुई चरणको स्वाभीमान यात्रा र जनसंघर्षका कार्यक्रम बारे पनि बैठकमा समिक्षा हुने बुझिएको छ ।

बैठकमा सरकारले गुठी विधेयकका नाममा संस्कृतिमाथि ठाडो आक्रमण गर्न खोजेको विषयमा गम्भीर छलफल हुने र गुठी विधेयक खारेजीको माग राखेर आन्दोलनमा उत्रिएका गुठीयारको आन्दोलनलाई समर्थन गर्ने विषयमा पनि छलफल हुनेछ ।

दुई दिन चल्ने बैठकमा सरकारका गैह्रप्रजातान्त्रिक व्यवहार र कृयाकलापका विषयमा पनि गम्भीर छलफल हुने बताइएको छ । बैठकमा केन्द्रीय समिति, प्रदेश कार्य समितिका अध्यक्ष, केन्द्रीय विभागका प्रमुख, भातृ संगठनका प्रमुख र ७७ वटै जिल्लाका अध्यक्ष सहभागी हुने भएका छन् ।

प्रदेश अध्यक्ष भातृ संगठनका प्रमुख र जिल्ला अध्यक्षहरुले पनि बैठकमा सांगठनीक प्रतिवेदन पेश गर्ने भएका छन् । बैठकमा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले संगठन सम्बन्धी प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

थप जानकारी