राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २५, २०८०

नेपाल आउन पाउँदा ‘आदित्य’ उत्साहित

बुधवार, ११ आषाढ २०७६ १४:५१

काठमाडौं, ११ असार । गायक आदित्यनारायण झा नेपालमा कन्सर्टका लागि आउँदैछन्।

जुलाई ६ तारिख अर्थात् असार २१ गते आदित्यले काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा लाइभ प्रस्तुत दिनेछन्।
उनले आफ्नो प्रस्तुतीमा हिन्दी हिट गीतसंगीत सँगै नेपाली गीत पनि प्रस्तुत गर्नेछन्।

आदित्यले भिडियो सन्देशमार्फत आफू जुलाई ६ मा नेपाल आउन लागेको जानकारी दिएका छन्। उनले भनेका छन्, ‘म आदित्यनारायण भिजिट नेपाल २०२० अन्तर्गत नेपाल आउँदैछु।’

नेपाली दर्शकसँग आफूले समय बिताउने भन्दै दर्शकलाई निम्तो पनि दिएका छन्।

क्बल फरेनहाइटकै आयोजनामा हुन लागेको कार्यक्रममा प्रवेश शुल्क १ हजार र १५ सय रहेको बताएको छ।

आदित्यको नेपालमा राम्रो क्रेज देखेर नै ल्याउन लागेको दावी आयोजकको छ। नेपाल आउने बारेमा आदित्य पनि अत्यन्त उत्साहित रहेको उनको पारिवारिक स्रोतको भनाई छ।

थप जानकारी