राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

उरुग्वे कोपा अमेरिका फुटबल प्रतियोगिताबाट बाहिरियो

आइतवार, १५ आषाढ २०७६ ८:१०

एजेन्सी । उरुग्वे कोपा अमेरिका फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार राति भएको खेलमा पेरुसंग पेनाल्टी सुटआउटमा पराजित हुँदै उरुग्वे प्रतियोगिताबाट बाहिरिएको हो ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । जसमा पेरुले ५–४ ले बाजी मार्यो ।

निर्धारित समयमा ईडिन्सन काभानी र लुईस स्वारेजको गोलले अफ साईडको मान्यता पाएका थिए ।

स्पेनिस महारथी क्लब बार्सिलोनाका स्टार लुईस स्वारेजको पेनाल्टी प्रहार असफल बन्दा उरुग्वे पेनाल्टी सुटआउटमा पराजित हुन पुग्यो ।

१५ पटकको कोपा अमेरिका फुटबल च्याम्पियन उरुग्वे क्वाटरफाईनलमै पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको हो ।

पेरुले अब सेमिफाईनलमा चिलीसंग सेमिफाईनलमा प्रतिस्पर्धा गर्नेछ । आयोजक ब्राजिलले अर्जेन्टिनासंग खेल्नेछ ।

उरुग्वे क्वाटरफाईनलमा पेनाल्टी सुटआउटमा पराजित हुने तेस्रो टिम बन्यो । यसअघि पाराग्वेलाई ब्राजिल र कोलम्बियालाई चिलीले पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेको थिए ।

कोपा अमेरिकाको क्वाटरफाईनलमा अतिरिक्त समयको ब्यवस्था गरिएको छैन । सेमिफाईनल र फाईनल खेलमा आवश्यक परेको अवस्थामा मात्र ३० मिनेट थप हुने व्यवस्था छ ।

कीर्तिमानी १५ पटकको उपाधि विजेता उरुग्वे पछिल्ला तीन संस्करणमा अघि बढ्न सकेको छैन । सन् २०१५ मा उरुग्वे अन्तिम ८ भन्दा अघि बढ्न सकेन ।

सन् २०१६ मा उरुग्वे समुह चरणबाट घर फर्किएको थियो ।

थप जानकारी