राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

आज सूर्यग्रहण लाग्दै, के गर्ने के नगर्ने ?

मङ्गलवार, १७ आषाढ २०७६ ७:१७

काठमाडौं, १७ असार ।  आज (मंगलवार) सूर्यग्रहण लाग्दैछ । यस बर्षको यो नै एकमात्र सूर्यग्रहण हुनेछ । द वेदर च्यानलका अनुसार , सूर्य ग्रहण ६ हजार माइलको दुरीबाट गुज्रनेछ ।

सूर्य ग्रहण प्रशांत महासागर र दक्षिण अमेरिकाबाट देखिनेछ । नेपाल लगायत एसियाली देशमा भने ग्रहण देखिने छैन् । यो सूर्यग्रहण चार मिनेट ३३ सेकेण्डसम्म चल्ने संभावना रहेको छ ।

रिपोर्टका अनुसार, सूर्य ग्रहण चिली र अर्जेंटीनाको केहि हिस्सा र दक्षिण प्रशांतको इलाकामा छाउनेछ । दक्षिण अमेरिकाका केहि देशबाट आंशिक ग्रहण दिखिनेछ ।

पौराणिक ज्योतिष मान्यताका अनुसार ग्रहणको समयमा मानिसले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । यस्तोमा यो समयमा केही काम गर्न वर्जित गरिएको छ । विशेषगरी गर्भवती महिलाले यस विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

यस किसिमका महिलाको लागि आफ्ना बच्चाको सुरक्षाको प्राथमिकता सबैभन्दा महत्वपूर्ण कुरा रहने गरेको छ । ग्रहणअघि सुतक लागेपछि यी कुराहरुमा ध्यान राख्नु जरुरी हुन्छ

के गर्ने, के नगर्ने ?

चन्द्रग्रहण या सूर्यग्रहणमा पूजा पाठ गर्न जरुरी छ । यसका लागि घरलाई शुद्ध पार्न पर्छ । यस्तो बेलामा चक्कु, कैची, सियो धागोको प्रयोग गर्न हुँदैन । यो नियम खास गरी गर्भवती महिलामा लागू हुन्छ । ग्रहणको समयमा घरबाट बाहिर ननिस्कुनहोस् ।

ग्रहण लागेको समयमा भुलेर पनि नगर्नुस् यी ५ काम

ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ । यहाँ ग्रहण लागेको समयमा गर्न नहुने विभिन्न ५ कुराको चर्चा गरिएको छ ।

१. यौन सम्बन्ध राख्नु हुँदैन

ग्रहणको समयमा रोमान्टिक मुड नबनाउनुस् । यो समयमा यौन सम्बन्ध राख्नु राम्रो मानिँदैन । शास्त्रमा ग्रहणको समयमा यौन सम्पर्क भएर बच्चा जन्मिएमा त्यस्तो बच्चा राक्षस समान पैदा हुने र दुर्गणल भरिएको हुने उल्लेख छ ।

२.भोजन नगर्नुस्

ग्रहण लागेको समयमा भोजन तयार गर्नु भएको छ भने त्यसलाई ग्रहण नगर्नुस् । ग्रहणको समयमा भोजन गर्नु हुँदैन । यदि भोजन बाँकि छ र ग्रहणको समयमा परेको छ भने ग्रहण सकिएपछि पनि सो खाना नखानुस् । ग्रहण लागेको समयमा पाकेको खाना उचित नहुने र यदि खानेकुराहरु छन् भने त्यसमा तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रमा उल्लेख छ ।

३. ग्रहणपछि सरसफाइ गर्नुस्

ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ । ग्रहणको समयपछि घर मन्दिर वा पुजा कोठा समेत सफाइ गर्ने र मुर्तीहरुमा जल फेर्नु पर्ने शास्त्रा उल्लेख छ ।

४. पुजा नगर्नुस्

ग्रहण समयमा पुजा गर्नु हुँदैन । मन्दिरमा पनि ग्रहणको समयमा पुजा पाठ बन्द गर्नु पर्छ । यो समयमा केही मन्त्री भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ । यस्ता मन्त्रमा ऊँ नम: शिवाय, श्रीराम, सीताराम, ऊँ रामदूताय नम: आदि हुन सक्छन् ।

५. गर्भवती बाहिर जानु हुँदैन

गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन । ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराव असर पर्ने शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरु उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ ।

ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरु पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो हुन्छ ।

थप जानकारी