राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

पार्टी एकतामा भएको आन्तरिक सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर

मङ्गलवार, १७ आषाढ २०७६ १०:०५

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले पार्टी एकताका क्रममा भएको आन्तरिक सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर गरेको बताएका छन् ।

पार्टी संसदीय दलको सोमबार बसेको बैठकमा सहमतिपत्रबारे सांसदहरुले प्रश्न उठाएपछि अध्यक्ष ओलीले भने, ‘पार्टी हितका निम्ति र कम्युनिस्ट पार्टीलाई बलियो बनाउन मैले जेमा पनि हस्ताक्षर गर्न सक्नु भनेको थिएँ । उहाँ (पुष्पकमल दाहाल) ले ल्याउनु भयो, मैले हस्ताक्षर गरिदिएँ । त्यसपछि मात्र मैले अध्ययन गरेको हुँ ।’

सहमति बीचमै सार्वजनिक भएपछि र सहमतिका विषयमा अध्यक्ष दाहालले एक टेलिभिजन अन्तरवार्तामै खुलाएपछि नेकपाभित्र विवाद देखिएको थियो ।

दाहालले प्रधानमन्त्री ओलीले सहमतिपत्र लेखेर ल्याउन आग्रह गरेअनुसार आफूले लेखेको र प्रधानमन्त्रीले हस्ताक्षर गरेको बताएका थिए ।

थप जानकारी