राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

प्रधानमन्त्रीले ढाँटेको भन्दै आलोचना, ‘माक्स’ बिना हिँड्नै मुश्किल

बुधवार, १८ आषाढ २०७६ ८:५७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दिएको अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गरेका छन् । प्रधानमन्त्रीले ढाँटेको भन्दै आलोचना भएको हो ।

गत शनिबार मदन भण्डारीको ६८ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘मैले प्रधानमन्त्री हुँदाको बेला भनेका थिएँ– ‘अब काठमाडौँमा नाक समाएर हिँड्नुपदैन ।

माक्स लगाएर हिँड्नुपर्दैन । म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिँड्थे । अहिले सडकमा मास्क लगाएर कोही पनि हिँड्दैनन् ।’

प्रधानमन्त्री यस्तो भनेपछि कार्यक्रममा उपस्थित धेरैले तालीसमेत बजाए । प्रधानमन्त्रीको भाषण पत्याउने हो भने उपत्यका धुँवा र धुलोमुक्त भएकाले सडकमा माक्स लगाएर हिँड्नुपर्ने अवस्था छैन । तर यथार्थ भने ठीन उल्टो छ ।

प्रधानमन्त्रीले हावादारी कुरा बोलेको भन्दै सामाजिक सञ्जालमार्फत चर्को आलोचना भएको छ । यो समाचार आजको नागरिक दैनिकमा श्याम राईले लेखेका छन् ।

थप जानकारी