राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

राहुल गान्धीद्वारा काङ्ग्रेसको अध्यक्ष पदबाट राजिनामा

बुधवार, १८ आषाढ २०७६ २०:२३

नयाँदिल्ली । भारतको राजनीतिक दल काङ्ग्रेसमा जारी नेतृत्व सङ्कट कायमै रहँदा राहुल गान्धीले अब आफू पार्टी अध्यक्ष पदमा नरहेको घोषणा गरेका छन्।

बुधबार मिडियाको प्रश्नमा उनले अब पार्टी अध्यक्ष को होला भन्ने कुराको फैसला काङ्ग्रेस वर्किङ कमिटी (सीडब्ल्यूसी)ले गर्ने बताए।

उनले भने, ‘‘बिना कुनै विलम्ब अब पार्टी अध्यक्षको चुनाव गर्नुपर्छ। म यो प्रक्रियामा सामेल छैन। मैले पहिला नै अध्यक्ष पदबाट राजिनामा दिइसकेको छु र म अब उक्त पदमा छैन। सीडब्ल्यूसीले जतिसक्यो छिटो बैठक बोलाएर फैसला लिनुपर्छ।’

यस पटकको लोकसभा निर्वाचनमा पार्टीले नराम्रो हार बेहोरेपछि राहुलले काङ्ग्रेसको अध्यक्ष पदबाट राजिनामा दिँदै अब गान्धी परिवारभन्दा बाहिरबाट कसैलाई अध्यक्ष बनाउनुपर्छ भनेका थिए। उनले राजिनामा दिएपछि अन्य वरिष्ठ नेताहरुले भने उक्त राजिनामा फिर्ता लिन सम्झाइरहेका थिए।

उनले राजिनामा फिर्ता गरेर पुनः अध्यक्षमै राख्ने कोसिस भइरहेका बेला उनको यो भनाइृ आएको छ। उनले बुधबार आफू कुनै पनि हालतमा अध्यक्ष नबस्ने र चाँडोभन्दा चाँडो नयाँ अध्यक्ष चुन्नुपर्ने बताएपछि उनी राजिनामा फिर्ता लिने मुडमा नरहेको बुझ्न सकिन्छ। (एजेन्सी)

थप जानकारी