राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

मनसुन सक्रिय हुन सकेन, ठूलो पानी पर्ने सम्भावना छैन

बिहिवार, १९ आषाढ २०७६ ७:५०

काठमाडौँ – देशभरको मौसम बिहीबार सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

न्यून चापीय रेखा नेपाल नजिक अझै नआएकाले मनसुन सक्रिय हुन सकेको छैन । यो वर्षको मनसुन अघिल्ला वर्षको तुलनामा फरक देखिएको मौसमविदको भनार्य छ ।

पानी पार्ने वायु सामान्यतया पूर्वबाट उत्तर पश्चिमतिर बहनु पर्नेमा अहिले पूर्वबाट पश्चिमतिर लागेको जनाइएको छ ।

बिहीबार दिनभरजासो देशभरको मौसम घरी घाम लाग्ने र घरी बलदीको अवस्थामा रहने छ ।

थप जानकारी