राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

कोपा अमेरिकाः फाइनलमा पेरु र ब्राजिल भिड्ने

बिहिवार, १९ आषाढ २०७६ ८:४०

काठमाडौं, १९ असार । कोपा अमेरिका फुटबलको उपाधिका लागि ब्राजिल र पेरु भिड्ने भएका छन् ।

ब्राजिलले बुधबार अर्जेन्टिनालाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । विहीबार भएको अन्तिम सेमिफाइनलमा डेफेन्डिङ च्याम्पियन चिलीलाई ३–० ले स्तब्ध बनाउँदै पेरुले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पेरु ४४ वर्ष पछि काेपा अमेरिकाकाे फाइनलमा पुगेकाे हाे ।  यसअघि २ पटक फाइनलमा पुग्दा पेरुले उपाधि पनि जितेकाे छ । पेरुले १९३९ र १९७५ मा फाइनल खेलेकाे थियाे ।

चिलीलाई पराजित गर्ने क्रममा पेरुले २ गोल पहिलो हाफमा गरेको थियो । १ गाेल भने दाेस्राे हाफमा सम्भव भएकाे थियाे ।  २१ औं मिनेटमा इडिसन मिचेल पिरिएल्टाले एन्ड्रे मार्टिन केरिलियोको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यसको १७ मिनेट पछि पेरुले गोल संख्या दोब्बर बनायो । ३८ औं मिनेटमा केरिलियोकै सहयोगमा भिक्टर फालेर्सले गोल गरेका थिए ।

पहिलो हाफमा २–० काृे अग्रता बनाएको पेरुले दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । २–० ले पछि परेको चिलीले गोल गर्ने थुप्रै प्रयास गरेपनि सफल हुन सकेन् ।  पहिलो हाफमा  २ गोल गरेकाे पेरुले अन्तिम समयमा १ गाेल थपेकाे थियाे ।

९१ ‌औं मिनेटमा पाउलाे गुरेराेले गाेल थप्दै ३-० काे जित दिलाए ।

थप जानकारी