राष्ट्र हितमा समर्पित
BMP Infology
बुधवार, भाद्र ४, २०७६

सरकारले भारतबाट आयातित तरकारीको विषादी परीक्षण रोकेकोप्रति नेता रावलको कडा आपत्ति

सरकार कर्तव्यबाट विमुख भएको आरोप

शनिवार, २१ आषाढ २०७६ २०:१९

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भिम राललले भारतको दबावपछि तरकारी र फलफूलमा विषादी परीक्षण रोकिएकोप्रति कडा आपत्ति जनाएका छन् । उनले सर्वभौम सरकारी अधिकारी प्रयोग गर्न सरकार चुकेकोसमेत आरोप लगाएका छन् ।

शनिबार बसेको नेकपा स्थायी कमिटी बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै नेता रावलले सरकारको कदमप्रति आपत्ति जनाएका हुन् ।

विश्‍व व्यापार संगठनमा गरिएको सम्झौताअनुसार नै कुनै पनि देशले तरकारी वा वनस्पती आयात गर्ने क्रममा निश्‍चित मापदण्ड तोक्न पाउने व्यवस्था गरिएको विषय रावलले स्मरण गराए ।

‘आयातित सामग्री कस्तो छ भनेर चेक गर्छुभन्दा नगर्ने भन्ने अनि कसैले नगर भन्दैमा निर्णय फिर्ता लिने रावलले भने ‘यो सार्वभौम देशको अधिकार भित्रको रक्षा सरकारले गर्नु पर्छ ।

आयात हुने तरकारी तथा फलफूलको अवस्था जाँचबुझ गर्ने यसअघिको सरकारको निर्णय सही भए पनि फिर्ता लिने निर्णयले सरकारले जनताप्रति कर्तव्य निर्वाहामा विमुख देखिएको रावलको दाबी छ ।

भारतले पनि अन्य देशबाट मात्रै नभई नेपालबाट जाने चिया रोकेर चेकजाँचको लागि नमूना कलकोत्ता पठाएको विषयमा पनि रावलले ध्यानकर्षण गराए ।

थप जानकारी