राष्ट्र हितमा समर्पित
बिहिवार, चैत्र १५, २०८०

सेमिफाइनलसम्म पुगेर स्वदेश फर्किए राप्रपा अध्यक्ष कमल थापा

आइतवार, २२ आषाढ २०७६ २०:२३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा भुटानको सप्ताहव्यापी भ्रमण सम्पन्न गरि आज अपरान्ह स्वदेश फर्किएका छन् ।

गत असार १६ गते भुटान प्रस्थान गरेका थापा भुटान टेनिस फेडेरेसनले थिम्पुमा आयोजना गरेको ‘५ औं भारत–भुटान मैत्री टेनिस प्रतियोगिता’मा सहभागि भएका थिए ।

प्रतियोगिताको सेमिफाइनलसम्म पुगेका थापा ४५ं उमेर समूहको भेट्रान्स सेमिफाईनलमा भारत मणिपुरका तोलेश्वर थोङनामसँग २–६, ६–३ र १०–५ (सुपर टाईब्रेक) मा पराजय बेहोरेका थिए ।

स्वदेश फर्केको केही दिनमै अध्यक्ष थापा पार्टी संगठनको क्रममा पूर्वाञ्चल क्षेत्रको भ्रमणमा जाने बताईएको छ ।

थप जानकारी