राष्ट्र हितमा समर्पित
BMP Infology
सोमवार, आश्विन ६, २०७६

मिस्टर एण्ड मिस नेपाल टिन २०१९ को अडिसन काठमाडौंमा सम्पन्न

आइतवार, २२ आषाढ २०७६ २०:४७

काठमाडौं । मिस्टर एण्ड मिस नेपाल टिन २०१९ को अडिसन काठमाडौंमा सम्पन्न भएको छ।

किशोर समुहका युवा-युवतीहरुलाई लक्षित गरी नेतृत्व विकास,मोडलिङ र आत्मविश्वासलाई अभिवृद्धि गराउने लक्ष्यका साथ मिस्टर एण्ड मिस नेपाल टिन २०१९ को प्रतिस्पर्धाका लागि अडिसन भएको हो ।

काठमाडौंमा सम्पन्न भएको अडिसनमा कोरियोग्राफर रोजिन शाक्य, अभ्यानी प्रोड्कसनका सिइओ अभिविन्द खनिया, मिस्टर ग्राण्ड इनटरनेसनल पंकज सिंह ठकुरी, मिस टिन २०१७ दिक्षा अवस्थी र एस.एल.सी प्रिन्श तथा अभ्यानी प्रोड्कसनका एम. डी अनिकेथ अधिकारी निर्णायकको भुमिका थिए ।

सौन्दर्य प्रतियोगिता मार्फत मोडलिङ क्षेत्रमा प्रबेश गर्ने चाहना भएका साथै कक्षा १२ को परिक्षा दिएर बसेका बिद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरका कोरियोग्राफर, मेन्टर तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेताहर सम्मिलित निर्णायक मन्डलबाट छनौट गरि करिब ३० दिन लामो विशेष प्रशिक्षण पश्चात् राष्ट्रिय नाचघर जमलमा अन्तिम प्रतिस्पर्धा गराइने बताईएको छ ।

काठमाडौँपछि देशका ६ मुख्य शहरमा अडिसनबाट छनौट गरी प्रशिक्षण सुरू हुने र यसका विजेताले ५० हजार नगद पुरस्कार, निशुल्क IELTS, TOEFL, GRE, GMATका क्लासहरु निशुल्क, फोटोग्राफी तथा मेकअप तालिम, रेडियो तथा टिभि अन्तरवार्ता र विभिन्न विज्ञापनमा खेल्ने अवसर पनि प्रदान गरिने आयोजकले बताएका छन् ।

३० दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा अन्तराष्ट्रिय स्तरको कोरियोग्राफी , नेतृत्व विकास र आत्मविश्वास वृद्धिको अवसर, स्टाइलिंग सेसन, पोर्टफोलियो फोटोसुट, मेकअप क्लास, सेलेव्रेटीहरुको साथ भलाकुसारी, जुम्बा,साल्सा, मेडिटेसन र फिटनेसको क्लास पनि प्रदान गरिने बताईएको छ।

थप जानकारी