राष्ट्र हितमा समर्पित
BMP Infology
सोमवार, आश्विन ६, २०७६

‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजा

बिहिवार, २६ आषाढ २०७६ ८:३८

काठमाडौं । निर्देशक तथा निर्माता सुदर्शन थापाको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को शुभ मुर्हुत भएको छ । यो फिल्ममा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको जोडि रहनेछन् ।

‘म यस्तो गीत गाउँछु’मा पनि शाह र शर्मा कै जोडि थिए । ‘म यस्तो गीत गाउँछु २’ को शुभ मुर्हत सोमबार बिहान मनकामना मन्दिरमा भएको हो । सुदर्शन थापा प्रोडक्सनमा बन्ने यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्ने भएका छन् ।

दुई वर्ष अगाडी प्रदर्शनमा आएको ‘म यस्तो गीत गाउँछु ‘ फिल्मले व्यापारिक रुपमा सफल पाएको थियो। असोजदेखि छायाँकन सुरु हुने फिल्म ‘म यस्तो गीत गाउँछु २’ फागुन २३ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ ।

थप जानकारी