काठमाडौं । बर्खायामको मौसम हो यो । कृषिप्रधान देश नेपालमा यो याममा बर्षा हुनुभनेको कृषकको लागि निकै खुशी र उत्साहपनि हो ।
देशका अधिकांश स्थानमा केहिदिन यता लगातार पानी नियमित परिरहेको छ । केहि स्थानमा रोपाई भैरहेको छ भने केहि स्थानमाभने सकिईसकेको छ ।
आज देशभर मौसम बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा पूर्ण बदली रहनेछ ।
देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशको पश्चिमि भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
मध्य र पूर्वी नेपालका केही स्थानमा पनि भारी वर्षा हुने विभागको भनाइ छ । यस्तै आज राती देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने विभागले सूचना निकाले जानकारी दिएको छ ।
आज राती देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको छ भने देशको केहि स्थानमा भारी वर्षा हुनेछ ।