राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

डा. केसीले दिए फेरी आन्दोलनको चेतावनी

बिहिवार, २६ आषाढ २०७६ १६:५१

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा योग्य व्यक्ति नल्याए फेरी आन्दोनको चेतावनी दिएका छन् ।

बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गर्दै उनले नियुक्ति चित्तबुझ्दो नभए आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

आयोगको उपाध्यक्ष चयनका लागि अवलम्बन गरिएको प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै डा. केसीले जारी प्रक्रिया रोकेर नयाँ प्रक्रिया सुरु गर्न पनि माग गरे ।

डा. केसीले ‘माफियामुखी चिकित्सा शिक्षा ऐन’मा आफू सहमत नरहेको भन्दै त्यसविरुद्धको आफ्नो लडाइँ जारी रहेको पनि बताए ।

थप जानकारी