राष्ट्र हितमा समर्पित
मङ्गलवार, बैशाख ४, २०८१

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियाे, भारतीय पक्षबाट बन्द गर्न दबाब

आइतवार, २९ आषाढ २०७६ ७:४१

इनरुवा । सुनसरीको कोशी व्यारेजस्थित सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ५६ वटै ढोका खोलिएका छन्।

सप्तकोसी पुल उच्च जोखिममा परेका कारण राती १० बजे कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेकाे कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए।

सप्तकोशी नदीमा पछिल्लो मापन अनुसार पानीको बहावे ३ लाख ७१ हजार एक सय १० क्युसेक प्रतिसेकेण्ड रहेको छ । शिनबार दिउँसाे ४१ वटा ढोका खोलिएकाे थियाे ।

नदीले चतरामा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले सुनसरी र सप्तरीका नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ।

पानीको बहाव बढेर गएपछि पूर्वपश्चिम आवतजावत गर्ने सवारीसाधनलाई पालोपालो जाने व्यवस्था गरिएको सशस्त्र प्रहरी बल भण्टाबारीका प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए। शुक्रबारदेखि कोशी ब्यारेजमा खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियाे ।

खोलिएका ब्योरजका ढोकाका कारण कोशीको पानीले भारतीय भूमि डुबानमा पर्ने खतरा बढेको भन्दै भारतीय पक्षले ब्यारेजको ढोका बन्द गर्न निर्देशन दिएको बुझिएको छ ।

कोशी ब्यारेजका ढोका बढी मात्रामा खोल्दा बिहार लगायतका क्षेत्रमा डुबान तथा बाढीको समस्या बढेको भन्दै भारतीय पक्षले कोशी ब्यारेज कन्ट्रोल रुमलाई ठाडो निर्देशन दिएको बुझिन आएको छ ।यद्यपी सो विषयमा ब्यारेज स्थित कन्ट्रोल रुमले केही बताउन चाहेको छैन् ।

नेपाल तर्फका सुरक्षा निकायले भने ब्यारेज कन्ट्रोललाई ढोका नखोल्न निर्देशन दिएको बुझिन आएको बताएका हुन् । कोशी ब्यारेज पूर्णतया भारतीय पक्षको निगरानी र नियन्त्रणमा रहँदै आएको छ ।

थप जानकारी