राष्ट्र हितमा समर्पित
BMP Infology
शुक्रवार, मंसिर २७, २०७६

विश्वकप क्रिकेटको फाइनल आज न्युजिल्याण्ड र ईङ्ल्याण्ड भिड्दै

आइतवार, २९ आषाढ २०७६ १०:३३

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाईनलमा आज जिल्याण्ड र ईङ्ल्याण्डबीच प्रतिस्पर्धा हुदैछ ।

खेल लण्डनको लड्समा नेपाली समय अनुसार दिउँसो सवाँ ३ बजे सुरु हुनेछ ।

फाईनलमा घरेलु टोली ईङ्ल्याण्ड निकै बलियो देखिन्छ । तर भारतलाई हराउँदै फाईनल प्रवेश गरेको न्युजिल्याण्डलाई कम आँक्नु घरेलु टोलीका लागि घातक हुन सक्छ । केन विलियम्स कप्तानीको टोलीले कुनैपनि समय खेलमा पुनरागमन गर्ने हैसियत राख्छ ।

फाईनल खेल्दै गर्दा घरेलु टोलीमै धेरै दबाब हुनेछ । विगतको प्रर्दशनले समेत न्युजिल्याण्डलाई बलियो अवस्थामा देखाउँछ ।

न्युजिल्याण्डले फाईनलसम्मको यात्रा तय गरेपनि ओपनिङ जोडीले खासै ठुलो योगदान गरेको देखिदैन । कालिन मुनरो र मार्टिन गुप्टिल दुवै अनुभवी ब्याट्सम्यान हुन् । सोही कारण निर्णायक खेलमा दुवै खेलाडीले रन बनाउन आवश्यक देखिन्छ ।

यस्तो अवस्थमा केन विलियम्स र रास टेलरमा कम दबाब पर्नेछ । बलिङ र फिल्डिङमा न्युजिल्याण्डलाई कुनै समस्या छैन । फाईनल खेलमा मिसेल सेन्टनरको बलिङको समेत परिक्षा हुनेछ ।

यता सेमिफाईनलको खेलमा ईङ्ल्याण्डले अष्ट्रेलियालाई हराएको थियो । जासन रोय चोटको बाबजुत टिममा शानदार कमब्याक गर्न सफल रहे ।
सेमिफाईनलमा गरेको प्रर्दशनले रोयको गज्जब फर्म समेत चित्रित हुन्छ ।

माथिल्ला क्रमका ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्दा ईङ्ल्याण्डको तल्लो क्रमको परिक्षण हुन पाएको छैन । तर इयान मोर्गन नेतृत्वको टिमलाई पहिलो पटक विश्वकपको उपाधि उचाल्ने अवसर भने प्राप्त छ ।

थप जानकारी