राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

२०६२/६३ को त्रुटिपूर्ण मार्गचित्रले मुलुक समस्याको दलदलमा : कमल थापा

कसैसँग डर नभएपछि मनपरितन्त्र हाबी भयो

आइतवार, २९ आषाढ २०७६ १२:१४

धनकुटा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले देउता, राजा र जनता कोहिसङ्ग पनि डर नभए पछि मुलुकमा ब्रम्हलुट र मनपरितन्त्र हाबी भएको बताएका छन् ।

अभिभावकको रुपमा रहेको राजसंस्थालाई षड्यन्त्रपुर्बक पाखा लगाईएको, धर्मलाई अफिम भन्ने र भगवानको नाममा शपथ नलिने तथा जनतालाई भ्रम र लोभ लालचमा झुक्याउन सकिन्छ भन्ने मनोबिज्ञान भएकाहरु मुलुकमा हाबी भएपछी मनपरितन्त्र बढेको बिचार ब्यक्त गरेका छन् ।

राप्रपा धनकुटा जिल्ला समितिद्वारा आज आयोजित अन्तरक्रिया एबं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले २०६२/६३ पछिको गलत नीति र त्रुटिपूर्ण मार्गचित्रबाट मुलुक समस्याको दलदलमा भासिएको दाबी गरे । थापाले थपे ” मुलुक जोगाउने र बनाउने हो भने गलत मार्गचित्र सच्च्याउने हिम्मत गर्नुपर्छ” ।

उनको सङ्केत  गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घियता तर्फ लक्षित थियो । बेरोजगार समस्या र भ्रष्टाचार मुलुकको समृद्धिको प्रमुख  बाधक रहेको चर्चा गर्दै उनले मुलुकमा  संस्थागत र नितिगत रुपमा भ्रष्टाचार मौलाएको भन्दै आक्रोश ब्यक्त गरे । अविरल बर्षाको कारण भएको जनधनप्रती दुख प्रकट गर्दै बिपदको घडिमा सबै नेपाली एकठाउँमा उभिनु पर्नेमा जोड दिए ।

सो अबसरमा राप्रपाका सस्थापक नेता तथा पुर्ब प्रधानमन्त्री स्वर्गिए सुर्यबहादुर थापाको स्मरण गर्दै थापाले उनीबाट आफुले प्रेरणा प्राप्त गरेको र उहाँसङ्ग निकट रहेर काम गर्दा धेरै कुरा सिक्ने अबसर प्राप्त गरेको प्रसङ्ग सुनाए ।

थापाले विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रबेश गर्नेहरुलाई स्वागत गरे । कार्यक्रममा राप्रपा सहायक महामन्त्री राजाराम बर्तौला, केन्द्रिय सदस्य बाशुदेब भट्टराई, बालानन्द भुर्तेल, प्रदेश सांसद इन्दिरा राई, अम्बिका अधिकारी र जिल्ला अध्यक्ष मुमाराम राई ” कुमार”लामा लगायतले बोलेका थिए ।

थप जानकारी