राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

भारतले बिहार डुब्ने डरले सप्तकोशी ब्यारेजका २६ वटा ढोका पुनः बन्द गर्‍यो

आइतवार, २९ आषाढ २०७६ १५:०५

सुनसरी । सप्तकोशी नदीले भारतको बिहारमा क्षति गर्ने भएपछि २६ पुनः बन्द गरिएको छ ।  सप्तकोशी नदीमा पानीको बहाव केही कम भएपछि भारतले सप्तकोशी ब्यारेजका ५६ ढोकामध्ये २६ वटा ढोका पुनः बन्द गरेको हो ।

पानीको बहाव उच्च भएपछि गएरातिदेखि सबै ५६ वटै ढोका खोलिएकोमा आज बिहानदेखि पुनः २६ वटा ढोका बन्द गरिएको हो ।

आज बिहान सप्तकोसीमा पानीको बहाव केही घटेपछि भारतले २६ वटा ढोका बन्द गरी ३० वटा मात्र खुला गरेको कोसी ब्यारेज प्रहरी चौकीका प्रमुख ईश्वरी दाहालले जानकारी दिए ।
विहान ९ बजे सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ६४ हजार १ सय ७० क्यूसेकमा झरेको छ । गएराति पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ७१ हजार १ सय १९ क्युसेक पुगेको थियो ।

भारतले केही समयका लागि ५६ वटै ढोका खोलेको जस्तो देखाए पनि विहार डुवान हुने डरले नेपालतर्फको मानव बस्ती र खेतीयोग्य जमिन डुवान हुने गरी कोशी ब्यारेजका ढोका बन्द गरेको स्थानीयले आरोप लगाएका छन् । सप्तकोसीमा आएको बाढीका कारण सुनसरीको श्रीलंका टापु र सप्तरीको गोवरगाडा पुरै जलमग्न भएको छ ।

स्थानीय बासिन्दाले सप्तकोशी ब्यारेजका सबै ढोका खोल्न सरकारसँग माग गरेका छन् । १९६४ सालमा निर्माण गरिएको कोसी ब्यारेजको कुल क्षमता ९ लाख क्युसेक पानीको रहेको छ । यो ब्यारेजको आयु ७५ वर्ष मात्र रहेकाले कुनै पनि समय जोखिम हुन सक्ने अवस्था रहँदै आएको छ ।

थप जानकारी