राष्ट्र हितमा समर्पित
BMP Infology
बुधवार, भाद्र ४, २०७६

चीनले २९ हजार फुटबल मैदान बनाउने

मङ्गलवार, ७ साउन २०७६ १८:४३

बेइजिङ,  साउन ७ गते । चीनले आगामी सन् २०२० भित्र देशभर २९ हजार फुटबल मैदान बनाउने योजना सार्वजनिक गरेको छ ।

चिनियाँ शिक्षा मन्त्रालयका एक जना वरिष्ट अधिकारी वाङ डेङफेङले चीनमा अझै पनि फुटबल मैदानको संख्या सानो रहेकाले त्यसलाई विस्तार गर्न लागिएको बताउनुभयो ।

गत वर्ष सेप्टेम्बरसम्ममा देशभर करिब एक लाख २० हजार फुटबल मैदान थिए । उहाँले भन्नुभयो – सबै आकारका फुटबल मैदान गणना गर्दा प्रत्येक

स्कुलमा ६०० विद्यार्थीका लागि १ प्रतिशत मात्र मैदान उपलब्ध हुन्थ्यो ।

सन् २०१५ देखि २०१८ सम्म मुलुकभरका स्कुलमा करिब ३२ हजार फुटबल मैदान निर्माण र स्तरोन्नति गरिएको पनि वाङले बताउनुभयो ।

सन् २०१५ मा चिनियाँ फुटबल संघका साथै शिक्षा, खेलकुद र अर्थ प्रशासनबीच निर्माण भएको संयुक्त कार्यदलले देशका फुटबल मैदानको स्तरोन्नति गर्ने र

नयाँ फुटबल मैदान बनाउने निर्णय गरेको थियो ।

चीनमा फुटबल निकै रुचाइएको खेल हो । (रासस-सिन्ह्वा)

थप जानकारी