राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

राप्रपाको कार्यसम्पादन बैठक आज

सोमवार, १३ साउन २०७६ ६:१६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज साउन १३ गते सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।

राप्रपा पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बिहान ९ बजेदेखि बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समिक्षा गर्दै पार्टीको भावी रणनीति तय हुने केन्द्रिय प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।

राप्रपाको गत असार ६, ७ र ८ गते सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु कार्यान्वयन गर्न कार्य योजना समेत तयार गरिने श्रेष्ठले बताए ।

राप्रपाले २०७६ लाई संगठन निर्माणको वर्ष घोषणा गरेको सन्दर्भमा संगठन सुदृढीकरणका प्रभावकारी कार्ययोजना ल्याउने सम्बन्धमा समेत छलफल हुने बताईएको छ ।

थप जानकारी