राष्ट्र हितमा समर्पित
BMP Infology
बुधवार, भाद्र ४, २०७६

१३ दिनको रोजगारीका लागि सवा २ अर्ब सरकारी खर्च

शुक्रवार, १७ साउन २०७६ १७:५१

काठमाडौं, १७ साउन । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पहिलो वर्ष झण्डै १ लाख ७५ हजारले रोजगारी पाएको विवरण सार्वजनिक गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भने, ‘यो कार्यक्रममार्फत नेपालको इतिहासमा पहिलो पटक खान नपाउने जनताले काम गरेर खाने, गरिबीसँग पैठेजोरी खेल्ने महत्वपूर्ण अवसर प्राप्त गरे । म सरकारको तर्फबाट गौरब गर्न चाहन्छु ।’

कार्यक्रममार्फत ६ हजार ८६४ सामुदायिक आयोजनामा १ लाख ७५ हजार ९०९ जनालाई २२ लाख ६३ हजार २६९ दिन रोजगारी दिएको मन्त्रालयले जनाएको छ । यसअनुसार एक जनाले औषतमा १३ दिनको रोजगारी पाएका छन् ।

सरकारको दाबी छ, प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यक्रम अद्भुत भयो, सफल रहृयो । १७ लाख बेरोजगारको सूची दर्ता गरेर बसेको सरकारले यही कार्यक्रममार्फत वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हटाउने लक्ष्य राखेको छ । र, यो वर्ष यसैगरी थप ५ लाख युवालाई देभित्रै रोजगारी दिने बताएको छ ।

तर, गत आर्थिक वर्षमा नै सरकारले चलाएको रोजगार कार्यक्रमको मोडलले ‘देश भित्रै रोजगारी’को ललिपमा युवा भुलिन्छन् भन्ने अवस्था देखिँदैन ।

बेरोजगारीले चरम आर्थिक संकटमा रुमल्लिएका युवालाई १३ दिनको पारिश्रमिकले वर्ष दिन कसरी अड्याउन सक्ला भन्ने प्रश्न सरकारले प्रस्तुत गरेको तथ्यांकले नै जन्माएको छ ।

थप जानकारी