राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

सिसाको घरमा बसेर ढुंगा नहान्न कमल थापाको प्रचण्डलाई चेतावनी

आइतवार, १९ साउन २०७६ १८:४६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सिसाको घरमा बसेर ढुंगा नहान्न कमल थापाले प्रचण्डलाई चेतावनी दिएका छन् ।

नेपाल कम्युष्टि पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राजा ज्ञानेन्द्र शाहले धेरै बकबक गरिरहे नागार्जुनबाट निकाल्ने चेतावनी दिए लगत्तै थापाले प्रचण्डको अभिव्यक्ति पदीय मर्यादा बिपरित र हाँस्यास्पद समेत भएको बताएका छन् ।

दाहालको भनाईलाई थापाले असुरक्षित मनस्थितिको आक्रोश भएको भन्दै राम्रो काम गरेर जनताको मन जित्नोस्, कसैप्रति आक्रोश देखाउनै पर्दैन भनी टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा ट्वीट गर्दै अध्यक्ष थापाले भनेका छन्‘ पदीय मर्यादा बिपरित हाँस्यास्पद अभिव्यक्ति, असुरक्षित मनस्थितिको आक्रोश। राम्रो काम गरेर जनताको मन जित्नोस्, कसैप्रति आक्रोश देखाउनै पर्दैन। सिसाको घरमा बसेर ढुंगा हान्ने काम प्रत्युत्पादक हुन सक्छ। समयमै बिचार गरौं। जनयुद्धकालीन शब्द र भाषा पनि अब सुहाउँदैन।’ भनेका छन् ।

थप जानकारी